Kai Tak Cruise Terminal

  पुरानो कुरा सम्झेरा....

सन् १९९८ मा हङकङमा नयाँ अन्तराष्ट्रिय विमान स्थल चेकल्याप कोक निर्माण भए पछिका केही बर्षहरु  हङकङको पुरानो अन्तराष्ट्रिय विमान स्थल काई तोक के बन्ने होला भन्ने एक प्रकारको कौतुहल मलाई भई रहन्थ्यो । मलाई जस्तै अरु धैर नेपाली साथी भाईहरु माझ पनि यो कौतुहलता छाएको पाईन्थ्यो । किन कि यस विषयमा बेलाबाखत नेपाली साथी भाईहरु बिच चर्चा परिचर्चा चल्ने गरेको सुन्नमा आउँने गर्थ्यो । मैले आफु भित्रको रहेको कौतुहलतालाई जिज्ञासाको रुपमा नेपाली साथीसङ्गीहरुसंग राख्ने गर्दा कसैले एशियन ओलम्पिक रङ्गशाला त कसैले विशाल आधुनिक पार्क, कसैले हङकङ काई तोक शहर, आदि इत्यदि यस्ता यस्तै अड्कलवाजीका मनगढान्ते जवाफहरु आउँने गर्थ्यो।

तर आज विगतका ति मनगढान्ते अडकलवाजीहरु भन्दा फरक हङकङको पुरानो अन्तराष्ट्रिय काई तोक विमान स्थलमा एउँटा विशाल सिप आकारको ७२ ब्लकको ३ ताले आधुनिक विल्डिङ्ग (भवन) को निर्माण भएको छ । ७.६ हेक्टर क्षेत्रफल भित्र १४३*६०० वर्गमिटर बेस भएको क्रुज टर्मिनल नामक यो भवनको अगाडीको भागमा हेलीप्याड र समुद्री भाग पट्टी शिर देखी तिर सम्म ट्रेन यात्राको सुविधा रहेको यो बिशल भवन सारै सुन्दर र अकर्षक देखिन्छ ।
ड्रगेज र भि.एस.एल जस्ता नामुद अन्तराट्रिय निर्माण कम्पनिहरुदूारा निर्मित यो विल्डिङ्ग हङकङमा २०१३ सम्मको नयाँ प्रविधिदूारा निर्माण गरिएको पहिलो भवनमा पर्छ भन्ने यहाँ कार्यरथ केही नेपाली जानकार साथी भाईहरुको भनाई रहेको थियो र हो पनि हो ।
त्यसो त हङकङमा आइ.एफ.सी.आइ.सी.सी.जस्ता आकाश छुने गगन चुम्बि भवनहरु निर्माण भई सकेको भए पनि सामुद्रिक तटमा सिप आकारको वनोटले बनाएको हङकङमा यो नै पहिलो भवन हो । जो अन्तराट्रिय क्रुज टर्मिनलमा मात्र सिमित नरहेर एउटा आकार्षक प्रर्यटकीय स्थान बन्ने कुरामा पनि कुनै शंक छैन । हङकङमा वशान पार्क, डिस्टिल्याण्ड पार्क, बिग बुद्ध, थाउशन बुद्ध, जस्ता थुप्रै प्रर्यटकीय स्थल र स्थानहरु रहेका भए पनि अहिले यो अर्को एउँटा आकर्षक पर्यटकीय रमाईलो स्थान बन्ने कुरा निश्चितै हो ।

   यसरी आफ्नै विशेषता र भब्यताका साथ समुद्राको किनारमा अडिएर बसेको जस्तो देखिने सिप आकारको क्रुज टर्मिनल भवनको निर्माण कार्य २०१०-२०१३ भित्र सम्पन्न गरिएको थियो । यो भवन निर्माण कार्यमा नेपाली कामदरहरुको संख्या पनि उल्लेखनीय नै रहेको थियो । लगभग डेड बर्ष मेरो पनि दिनचार्य यसै भवन निर्माण कार्यमा बितेको थियो । यस मानेमा भन्न सकिन्छ हङकङको क्रुज टर्मिनल भवन नेपाली श्रम पनि मिसिएको छ । हुनतः हङकङको विकास निर्माण कार्यमा अब नेपाली श्रमपसिना नमिसिएको कुनै पनि ठाउँ बाँकी रहेको छैन भन्दा अत्युक्ति नहोला । हङकङको बाटो घाटो टनल, ट्रर्मिनल, पुल पुलेसो, ट्रेन स्टेशन, विमान स्थल, विल्डिङ्ग पाखा भित्ता वन जंगल, सबै तिरा नेपाली श्रम र पसिना लछप्पै भिजेको छ । श्रमपसिना मात्र होईन हङकङको निर्माण कार्यको क्रममाः नेपालीहरुले पनि रगत पोखेका छन् ।

                                                                         लेखक राई जिमीहाङ
                                                                      ११ फेब्रुअरी २०१४-हङकङ 



Categories

Recent Post

Archives