
Kai Tak Cruise Terminal
07 Dec, 2020
...गीत...
नेपालको सगरमाथा
र वुद्धलाई संसारले जानुन
यो हाम्रो देशको
गाथालाई विश्वले पुकारुन
यो हांड र छाला
एक मुठ्ठी सास रहुन्जेल
डटेर लड्न सकुङ
नेपालको लागि यो चोला रहुन्जेल
यो माटोको अहित
हुने स्वाभिमान कसैले नवेचुन
यो हाम्रो देशको
गाथालाई विश्वले पुकारुन
म जंहा मरौं
मेरो लाशलाई नेपाली कफनले ढाकुन
म जंहा मरौं
मेरो चितालाई नेपाली माटोमा गाडुन
चन्द्र र सूर्य
झैं नेपाल आमा अजम्वरी अटल रहुन
यो हाम्रो देशको
गाथालाई विश्वले पुकारुन