डा. बाबुराम भट्टराई

पहिले खुबै, अहिले, कहिले कही, नेपाली राजनीति नामक लाजनीतिमा विद्यमान लोभी-पापीहरु, डा. बाबुराम भट्टराईको खिशी ट्यूरीको शैलीमा आलोचना र बिरोध गर्ने गर्छन् र गर्दै आएका छन् । तर त्यस्ता अवसरवादी लोभी पापीहरुबाट आलोचना र बिरोध हुनु नराम्रो कुरा चाही होइन ! किनकी लोभिपापीहरु भनेका समाज भित्रका सडेगलेका ख़राब मानिसहरु नै त हुन । तिनको बिरोध या सापोर्टले कुनै अर्थ र महत्व राख्ने छैन । नेपाली राजनीतिक रंगमञ्चमा डा. बाबुराम भट्टराई मात्र एउँटा त्यस्तो ब्यक्ति हुन, जसले आफ्नो ब्यक्तिगत स्वार्थलाई पुरै तिलाञ्जली दिएर देश र जनता, समग्रमा नेपाली समाजको सामूहिक हितस्वार्थको लागि आफुलाई समर्पित गर्दै आफ्नै जीवनकालमा राष्ट्र र राष्ट्रीयतालाई समतामुलक समृद्धि बनाएर सारा नेपालीलाई समुन्नत समाजवाद तर्फ डोरयाएर समावेशी रुपमा सबैको सामाजिक जीवन स्तर उठ्ने इन्द्राणी राष्ट्रवादको अवधारणा सहित आफ्नो दर्शनीक कदम अघि बडाइरहेको छ । हुन सक्छ, आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न गोरख धन्दा चलाइरहेका सर्वहारा वर्गको वकालत गर्दा गर्दै नव धनड्या वर्गमा रुपान्तरण हुन पुगेका आफ्नो गुट हितस्वार्थमा केन्द्रित रहेर सत्ताको कुर्ची वरिपरी फन्फाँनी फन्को मारिरहनेहरुले डा. बाबुरामलाई बुझ्न नसक्नु वा बुझेर पनि बुझ् पचाउनु अनौठो कुरा पनि भएन । जहाँ सम्म सतही रुपमा हेर्दा वर्तमानमा केही प्रतिकुलता जस्तो देखिएको भए पनि भविष्य तिनै डा. बाबुराम भट्टराई, कुलमान घिसिङ जस्ता भिजनवाला दूरदृष्टि र साहसीहरुकै हुने कुरा प्रायः निश्चितै छ । किन कि जो सँग बिज्ञान सम्मत बिचार र कार्यसम्पादन क्षमता र दृढ संकल्प हुन्छ उसले मात्र वर्तमानलाई बदलेर राष्ट्रलाई आर्थिक समृद्धि तर्फ डोरयाउँन सक्दछ र उज्यालो नेपाल बनाउँन सक्ने छ। अहिले सम्म देखिएका अरु एैरे-गैरेहरु त वर्तमानलाई व्याख्या गर्दै भुँडी भर्दै र समय पास् गर्ने गफाडी गुण्डाहरुको झुण्डा मात्रै हुन भन्दा अत्युक्ति हुने छैन ।

किरात जिमीहाङ, हङकङ

 



Categories

Recent Post

Archives